लेखनमा किनारीकरण , बहसको सन्दर्भमा
मनोज वोगटी
आत्मनिर्णयको अधिकारमा ताला ठोकेर हाम्रो आवाज ठण्डा पार्ने जुक्तिले टाउको उठाइसकेको बेला जस्तो 1988 मा उता गायत्री चक्रवर्ती स्पीभाकले कैन द सवल्टर्न स्पीक ? भनेर सोधिसकेका थिए। स्पीभाकले उत्तर औपनिवेशिक सैद्धान्तिकीलाई खुल्ला मैदान प्रदान गर्दै सबाल्टर्नको धारणालाई बहसको टेबलमा ल्याइसकेका थिए। त्यो बेला हाम्रो बोली फुट्दै थियो। हामी जस्तै मूलधाराबाट धकेलिएकाहरूलाई लिएर आफ्नो चिन्तनको, सैद्धान्तिकीको मूलबाटो पक्रिने स्पीभाकले कैन द सवल्टर्न स्पीक ? भनेर सोधिरहेको बेला यता राजनैतिक आवाज उठेर सेलाउँदै गरेको थियो। अहिलेसम्म हामी थाहा मात्र गरिरहेका छौं त्यतिबेला हाम्रो ठाउँबाट को बोलिरहेका थिएछन्। अहिले आएर फेरि हामीले राजनैतिक मञ्चबाट बोल्न शुरू गरिरहेका छौँ। तर अघिसम्म स्पीभाकले देखेको सबाल्टर्नलाई हामीले साहित्यमा सचेतरूपले थाहा गरेका थिएनौं। उत्तर उपनिवेशवादी चिन्तक एडवर्ड सइदले मार्क्सको उपनिवेशवादी धारणालाई तिखो आलोचना गर्दै लेखेका पुस्तक ओरिण्टलिज्म-को सन्दर्भमा स्पीभाकले मार्क्सवादको ग्राम्यपन्थी सैद्धान्तिकीबाट मौनतालाई फुटाउन सबल्टर्न अवधारणालाई प्रयोग गर्दै सवल्टर्न बोल्न सक्छन् अनि उनीहरूको निम्ति बोलिन्छन् भन्ने निचोड़ दिएका थिए। स्पीभाकको सबाल्टर्न जस्तै अहिले दार्जीलिङबाट कवि मनप्रसाद सुब्बा अनि रेमिका थापाले देशको मूलधाराबाट सँधै बाहिर राखिएका नेपाली भाषी गोर्खा नागरिकहरू पनि बोल्न सक्छन् अनि उनीहरू यसरी बोल्छन् भन्न किनाराका आवाजहरू काव्य पुस्तक प्रकाशित गरेका छन्। उनीहरूले यस पुस्तकमा किनारीकरण र किनारीकृत सैद्धान्तिकीलाई प्रमुखता दिएका छन्। यो सैद्धान्तिकी यताकै हुनुपर्ने उनीहरूको आग्रह देखिएको छ। नेपाली साहित्यमा किनारीकरण शब्दलाई सोद्देश्य र सचेत रूपले प्रयोग गर्ने कविहरू पनि उनीहरू नै प्रथम हुन्। किनारीकरणको धारणालाई अघि राखेर अहिलेसम्म सचेतरूपले नछुएको पर्यावरण साहित्यभित्र पनि किनारीकरणको सम्भाव्य थोकहरू हेरेर उनीहरूले गतिलै बहसको ठॉंउ छोड़ेका छन्।
1986-88, हाम्रो इतिहासमा निक्कै ठूलो स्वरमा बोलेको र बोलेको त्यो आवाजलाई शाषकले राजनैतिक प्रपञ्चभित्र खॉंदेर दबाउन खोज्दै गरेको मिथ-को रूपमा यहॉं हेरिन्छ। हामी दबिएको, थिचिएको, मिचिएको बोध त्यतिबेला सबैले थाहा पाएका थियौं,लाग्छ। हामीले त्यसबेला जातीय उन्मुक्तिलाई शीरमा राखेका थियौं। हामी बोल्न सक्छौं-लाई चिनाएका थियौं। हामीले ठूलो स्वरमा बोल्न थालेको प्रारम्भ विन्दु थियो त्यो। यहॉं बोल्नु, कुनै एक व्यक्तिको न्यायको निम्ति होइन तर सामुहिक र सर्वसमावेशी छ। किनाराका आवाजहरू पुस्तकमा जातीय उन्मुक्ति मात्र होइन, सांस्कृतिक, राजनैतिक , भाषिक उन्मुक्तिसित नै प्रकृति दोहनबाटको उन्मुक्तिको प्रश्न अघि राखिएको छ,लाग्छ। यता दोस्रो चोटि फेरि जातीय मुक्तिको आवाज बुलन्द बन्दै गरेको बेला, लेखक, साहित्यकार, कविहरू जातीय उन्मुक्तिको आवेगले रापिएर रोषको, विद्रोहको, आलापको, रोदनको र नाराको कविता लेखनमा झुत्तिरहेको बेला लामै लेखकीयसित अनि किनारीकरण सम्बन्धी थुप्रै प्रस्तावनाहरू अघि राखेर किनाराका आवाजहरू बजारमा दुइ संस्करण र अङ्ग्रेजी भाषामा अनुवादमा आउँदा हाम्रा समालोचकहरू भ्रममा पर्नु ? प्रस्तावकहरूको किनारीकरणको विचारलाई गलतरूपमा इन्टरप्रिटेशन गर्ला (अथवा कतिले गरिसकेकै भय) भन्ने सचेतताले मनप्रसाद सुब्बा अनि रेमिका थापा दुवैले लेखनमा किनारीकरण देखाउनुभित्र मलाई गतिलै बहसको मसला लुकेको लागेको छ। लेखनमा किनाकीकरणको विभिन्न प्रस्तावना राख्ने दुवै कविहरूको विचारलाई एकपल्ट आजको आवश्यक पाठकोरूपमा ग्रहण गरेर त्यसलाई चिरफार गर्ने समालोचकहरू खै? आफ्नो धारणालाई गलतरूपमा इन्टरप्रिटेशन गगिदेला भन्ने भय प्रस्तावक कविहरूलाई किन? कवि मनप्रसाद सुब्बाले दुइएक वरिष्ट लेखकहरूले किनारीकरणलाई केवल गोर्खाहरूको चिन्हारीको सङ्कटसम्म मात्र जोड्न खोजेको र आफूहरूलाई गतलबुझेको बताउन खोज्दै किनारीकरणभित्र लुकेको सम्भावनाहरूको चर्चा गरेका छन्। अचम्म लाग्दो विषय हो भारतीय नेपाली साहित्यको क्षेत्रमा समालोचकहरू नहुनु। हामी छौं भन्ने समालोचकहरूले के उनीहरूको उपस्थिति दिन कुनै प्रमाणिक कार्य गरिरहेका छन्? कति भयो सर्जकहरू चिहानमा कराउन थालेको ? अहिले यसै पनि हामीसित कति समालोचक छन्? यो प्रश्न तड़कारो बनेको समयमा उहिल्यैदेखि समालोचकको लेबल टॉंसेर बस्नेहरू भ्रममा परेर कविहरूको प्रस्तावलाई गलत अर्थ नदिइयोस्को त्रास-मा कवि मनप्रसाद सुब्बा अनि रेमिका थापाले भटाभट लेखनमा किनारीकरणको कुरा गर्न परेको, पढ्दा छ्याङ्गै होइन्छ। कविद्वयले किनारीकरण शब्द चलाएर आफ्ना प्रस्तावनाहरू अघि राखेपछि स्पीभाकको सबल्टर्न र उपनिवेशवाद, उत्तरउपनिवेशवाद, दलित साहित्य, नारी लेखन, डेरिडा र उत्तराधुनिकता पढ्नेहरू धेरै होलान् तर किनाराका आवाजहरू दुइ संस्करण नेपाली र अनुवाद अङ्ग्रेजीमा आइसक्दा पनि समालोचकहरूले बहसको निम्ति किनारीकरणमा विषय नभेट्नु भारतीय नेपाली साहित्यको समालोचना क्षेत्रको एउटा विडम्बना नै मान्नुपर्छ। भारतीय नेपाली नभनौं भन्नेहरू पनि छन् तर धर कहॉं नपाइँदो रहेछ भने नेपालमा हुनु हो भने मैले यो लेखिरहनु पर्दैन थियो। मैले समालोचकहरूले बहसको निम्ति किनारीकरणमा विषय नभेट्नु (अहिलेसम्म) को कुरा गर्न भारतीय नेपाली उल्लेख नगरी हुँदैन। किनारीकरण धारणाकै समकक्ष रहेको दलित साहित्यलाई पाठको रूपमा लिएर त्यसलाई केलाउने, हेर्ने, पचाउने र डकार्ने उपक्रममा हिन्दी भाषामा मात्र नै हजारौं पुस्तकहरू लेखिएको छ। उता विदेशमा देश सुब्बाले आदिवासी-उपन्यास लेख्दा त्यहॉं भयवाद-को अवधारणाको विकास भइसकेको देख्न स्वदेशका गोविन्दराज भट्टराईलाई समय नै लाग्दैन। यता विचलन चलनमा आइसक्दा अनि अहिले किनारीकृतहरूको आवाजलाई वैस्थानिक बनाउने प्रस्तावना आइसक्दा पनि समाचोलक, आलोचकहरू आफू हुनुको आभाष आफैलाई मात्र दिएर टुलुटुलु हेेरिरहँदा अचम्म लाग्दैन? पानी फिटेको दूध पनि दूध नै हो अनि पानी नफिटेको दूध पनि दूध नै, असली दूध छुट्याउने जॉंगरलाई पानी फिटेको दूधले किनारीकृत गरिसकेको पनि पत्तै नपाउनेहरूले आफैलाई समालोचकको रूपमा बँचाइराख्नु लरतरो अज्जीरवाद होइन। स्पीभाकले भनेको सबल्टर्न, मनप्रसाद सुब्बाल र रेमिका थापाले भनेको किनारीकृत को हुन् त? तिनीहरूले अहिलेसम्म लेख्दै आइरहेका साहित्यको परम्परा अहिले आएर कसरी भत्काइने प्रस्तावहरू अघिआएका छन्, हामीलाई हाम्रै स्वरको, हाम्रै बोली व्यवहारको, हामीसित बॉंचेको सांस्कृतिक चेतनासित नै अरूले किनारीकरणको अवधारणाले पाठ गर्दा त्यो वैस्थानिक (सुब्बा र थापाको भाषा) हुन्छ कि हुँदैन। के किनारीकरणको कुरा नेपालीभाषी गोर्खाहरूको चिह्नारीको प्रश्नमा मात्र अल्झिन्छ? किनारीकरणको प्रस्तावना समालोचकहरूको निम्ति कस्तो पाठ हो? कवि सुब्बा र थापाको आग्रहसित सबाल्टर्न, मार्क्सवाद ,उत्तरऔपनिवेशित सैद्धान्तिकी जोड़िएर कसरी वैस्थानिक हुसक्छ? त्यो वैस्थानिकमा भारतीय गोर्खाहरूको सांस्कृतिक, भाषिक, सामाजिक, राजनैतिक, शैक्षिक आभाष कसरी थाहा गरिने हो? उनीहरूले गरिरहेको किनारीकरणको आधारस्रोतहरू त्यही नै हुन्, जो उनीहरू बताइरहेका छन्। उनीहरूले गरिरहेका पर्यावरणिक किनारीकरण र पर्यावरण साहित्यमा कस्तो सम्बन्ध छ? मान्छेबाट प्रकृतिमा भइरहेको दमन, सांस्कृतिक चेतनाको कुरा किनारीकरणको धारणालाई बलियो राख्ने कतिको दह्रो कुरा हुन् त? सुब्बा र थापाले भनिरहेका किनारीकृतहरूको भाषा, उनीहरूले कविताको संरचनामा समेत गरेका किनारीकरणको सचेतता, के भनेका हौं होइन कसरी भनिरहेका छौं हेर्नु पर्ने प्रस्तावना, उनीहरूको कथ्य र कथानकमाथि बहस हुनुपर्दैन? स्पष्ट छ, यो प्रश्न आलोचक र समालोचकहरूतिर फर्किएको छ। कुनै पनि विचार दिन, कुराको निर्क्यौल गर्न अहिले नै हतार हुन्छ भन्नेहरूको जमात पनि छन्। उनीहरूलाई मेरो भन्नु छैन हतार नहुनेलाई कहिल्यै हतार हुँदैन चाहे समय जति नै चिप्लियोस्। जिब्रो नहुनेलाई स्वाद हुन्छ? किनारीकरणको प्रस्तावकहरूले दुइ संस्करण र अङ्ग्रेजी अनुवाद समेत गरेर बहसको टेबल खुल्ला राखेका छन्, लाग्छ। विचलनवादीहरूले जस्तो पत्रिकामा प्रशंसा र फितलो अभिव्यक्तिहरूको सङ्ग्रह गर्नु पर्ने बाध्यता किनारीकरणका प्रस्तावहरूलाई छैन, लाग्छ। उनीहरू स्पष्ट छन् कि हामी किनारीकृत समुदाय हौं,हामीले पनि हाम्रो कथालाई बलियो गरी उठाउनु पर्छ।अहिलेसम्म अरूले(शासकले)च्यातच्यात पारेको कथालाई जोड़ेर ठूलो ऐवाज बनाउनु पर्छ।हामीले पनि विश्वमा आफ्नो उपस्थिति हिनु पर्छ,उनीहरूले भनिरहेको,लाग्छ। हामी जस्ता किनारीकृत समुदाय विश्वभरि नै छन्। उनीहरूको पनि साहित्य छ। किनारीकृत भाषाबाट नै उनीहरूले लेखेर विश्वलाई पढ़्न लगाउने उनीहरूको कोशिष सफल छन्। निग्रोहरू, यहुदी, रेड इण्डियन, एङ्गलो इण्डियन, आदिवासी दलितहरूको साहित्य हामीले पनि पढ्यौं। अब अरूले हाम्रो साहित्य पढ़ुन्। हामीलाई हाम्रो साहित्यमा उनीहरूले देखुन्। अब विश्वका अरूले आफ्नो कथा लेख्दा हाम्रा सन्दर्भहरू टिपुन् (रे. था.) हाम्रो साहित्यलाई वैस्थानिक बनाऔं अझ पर्यावरण साहित्यलाई पनि किनारीकरणको आँखाले देखौं, लेखौं, उनीहरूले आग्रह गरिरहेको लाग्छ। किनारीकरणको सन्दर्भ जताततैबाट टिप्न सकिने र यसलाई बृहत सैद्धान्तिकीको रूपमा विस्तार गर्न सकिने प्रस्तावना पनि प्रस्तावकहरूसित छन्। उत्तर आधुनिकताबाट नै छुटिएको डिसेन्टर, विखण्डन, सर्वसमावेशी थोपामा हामी हाम्रै क्षेत्रीय रङहरू चोबेर वैस्थानिक आवाज बनाउने उनीहरूको प्रस्तावना समय सचेतनाको उज्यालो अनुहार हो, लाग्छ अहिले। ज्याक डेरिडाले डिसेन्टर-को धारणा जुन दिएका छन्, किनारीकरणले त्यसलाई आत्मसात गर्दै किनारले केन्द्रको विरोध गरेको छ। आफ्नो अस्मितालाई अकेन्द्रित रूपमा पढ्ने र बुझ्ने धारणालाई किनारीकरणले दह्रो समातेको छ। किनारा नभइ केन्द्र छैन भन्ने कुरा अब किनाराबाट नै बोलिनुपर्छ। अहिलेसम्म केन्द्रको हकडग, थिचोमिचो, हुंकार, हुकूमको आधारभूमि रहेको किनारीकृतहरूले आफ्नो मकथाफ (उपस्थिति)लाई अग्लो उठाउनु छ, जुन कथालाई सँधै छोपिने गरेको थियो, उनीहरू भन्छन्। किनारीकृतहरूले बोल्नु पाउनुपर्छ जस्तो विनय केन्द्रित आवाज तर प्रस्तावकहरूको होइन। उनीहरूले किनारीकृतहरू बोलिसकेको अनि कसरी बोलिरहेको छ-लाई व्याख्या दिँदै अभिधामा पनि प्रभावी रूपले कवितामा भन्ने, सकेजति बिम्वप्रतीक छॉंट्ने, भन्नेकुरा सोझो, सरलमा तर प्रभावी रूपले भन्ने, किनारीकरणलाई भन्न कवितामा वाक्य, शब्द संयोजना समेतमा सचेतता राखिने हामीले सुन्दा यतैको आवाज बन्ने यो किनारीकरणको आवाज अरूले सुन्दा पनि उसले त्यहॉं आफूलाई भेट्ने , स्थानीय र वैश्विकको फ्यूजनबाट वैस्थानिक आवाज, कथा दिइने र यताको साहित्यलाई अरूले सन्दर्भ बनाउन सकिने बनाउने जस्ता अनेक सचेतता अप्नाइएको तथा प्रस्तावना राखिएको यो लेखन आजको बहसको प्रमुख पाठ बनिसकेको छैन? किनारीकरणका कुरा गर्नेहरू स्पष्ट छन् अनि जहॉं जति शङ्काहरू उठ्ने सम्भावना देखिएको छ, सबैलाई स्पष्ट पार्ने कुरामा उनीहरू लागिपरेका छन्। किनारीकरणको सैद्धान्तिकी नयॉं होइन कि, यो मार्क्सवाद, दलित लेखन, नारीवाद उत्तराधुनिकतावाद, सबल्टर्न, उपनिवेशवाद, उत्तरउपनिवेशवाद इत्यादिबाट लिइएका ज्ञानु सासन हो कि, लाग्दैन? किनारीकरणले समताको कुरा गर्छ, विश्वमा अलगै पहिचान स्थापनाको सचेतता यसमा छ, लाग्छ। किनारीकरणलाई जति बुझ्ने र अनुभूत गर्ने कोशिष गरिन्छ, यो त्यति नै गहिरो बन्दो छ, लाग्छ। मान्छेबाट मान्छे किनारीकृत हुनु पनि एउटा ठूलै पाठ छ, त्यसको अनेक अन्तर पाठहरू छन्, मान्छेबाट किनारीकृत भइबस्ने प्रकृति र त्यसबाट उठेका पर्यावरणीय सवालहरूभित्र अनेकौं अन्तपाठ रहेको थाहा भइरहेको लाग्छ। तर यसमाथि हुनुपर्ने बहसमा ढिल्याईंको कारण, किनारीकरणको सही चिरफारको कमीले किनारीकरणको सैद्धान्तिकी खुलिएर प्रकट नभइरहेको पनि थाहा गरिन्छ। यस अघि पनि विचलन नामक पत्रिकाले समालोचक र अध्येता भन्नेहरूमा ठूलै हलचल मच्चाएको हो। पत्रिकाको नामलाई मात्र नै लिएर धेरैले धेरै टेबलगफ पिटेको, उकुसमुकुस बनेको तर मानसिक रोगी जस्तो पत्रिकाको नाममाथि सपाट विचार पालेको देखिएको हो। विचलन एउटा पत्रिका मात्र थियो। पछिबाट त्यहॉं सिर्जना भन्दा अलग कुरा गर्नेहरूले अन्योलता खड़ा गरेका थिए। त्यो अन्योलता अझ छ। विचलन पत्रिकामा प्रकाशित रचनाहरूले कुन कुरामा विचलन भनेको स्पष्ट नपारेको कारण नै पनि भ्र्रमको खेती सप्रिएको हो। भ्रामक कुरा गर्नु विचलन हो र? विचलनको जन्म अनि त्यसले बोकेको विचारको प्रारम्भिक इतिहास भिन्नै छ र पछि त्यसलाई एकल अध्ययनबाट विस्तार गर्दै विज्ञापनवादी बन्न खोजिएको , सिर्जनाले दिशा फेर्न (चलनबाट बाहिरिन)नसकेको पठन आजसम्म नै गरिँदै आइएको छ। विचलनले बोकेका सम्भावनाहरू छोप्दै,बौह्रिएर फेरि पाठकउन्मुखी (पाठकको कुनै स्तर हुन्छ की?,पाठक को हुन्?)बनेको घोषणा सम्मेत गर्दै आइरहेकोे विचलनमाथि पनि बहस हुन सकेन। जे जति भयो त्यो भाइहरूको मन नदुखाइदिने रोगले विक्षिप्त बनेकाहरूको सचेतता धेर पढ़ियो। विचलन पनि आफैमा स्पष्ट बन्न सकेन। यता साहित्यिक बहसको क्षेत्रमा देखा परेको भ्वाङ भर्ने नयॉं पुस्ताको कमी पनि उत्तिकै देखिन थालेको छ। केही त छन् तर विचलनको चश्मा नलगाई केही देख्नै नसक्ने। आफ्नो सांस्कृतिक उपस्थिति, क्षेत्रीय अवस्थितिबाट, यतै बोलिने भाषाको कलात्मकरूपबाट, सिर्जनालाई सर्वग्राह्य बनाउन नै नसकिने अनि आजको जति सर्जकहरू छन् सबै विचलन हुनुपर्ने र विचलनले आफैमा विचलन थाहा गर्नै नसक्ने जस्तो भ्रम, हल्लावाद, विज्ञापनका भक्तहरूको आरतीहरूबाट केही अग्लो उठेको यो किनारीकरण आजको साहित्यिक पाठको निम्ति कति सान्दर्भिक हो त्यसले बहसको अपेक्षा गरिरहेको छ। भारतमा नै दलित साहित्यमा स्वानुभूति (दलित) सहअनुभूति (गैरदलित) बीचको द्वन्द्व सेलाउन सकेको छैन। यसमाथि अझ व्यापक बहस चलिरहेको नै छ तरै पनि दलित साहित्य विश्वभरि नै पढ़िने गरेको छ। हाम्रो साहित्य विश्वमा त्यति प्रभावीरूपले कहॉं पढ़िन्छ? कति पढ़िन्छ? कसको पढ़िन्छ? के पढ़िन्छ? छ, यसमाथि कुनै समालोचकको पुस्तक? अझै पनि देवकोटा, रामायणतिर नै के के खोजिबस्ने नाफाखोर प्राध्यापकीय समालोचकहरूलाई किन पाठ गर्ने नयॉं थोकहरूको अभाव? भाषिक एकरूपताको निहुँमा व्याकरणलाई व्यापार बनाउनेहरू के छैनन् हामीसित? यता डा.हरूको पनि गतिलै जमात छन्, जो गजधम्म बसेका छन्। कति डा.हरू छन् जसले डा. पाइएको प्रमाण स्वरूप शोध ग्रन्थ छापेका छन्। उनीहरूले कस्तो शोध गरेर डा. भए? पढ़्न पाइरहेका छौं र हामीले? यहॉं कस्ता डा.हरूको खेती हुँदैछ त? यसला कसलाई नाफा छ त? हामीसित त यस्ता डा.हरू पनि छन् कि उनी के कारण डा. भए त्यसको सुइँको पनि पाइँदैन। उनीहरू नै छन्, भविष्यका डा.हरूलाई बाटो देखाउनेहरू। जसले आफै बाटो बिराएका छन्, उनीहरूले नै बाटो देखाउने? तेस्रो आयाम यतैको, लीला लेखन यतैको (यतैको?) भए पनि यतैकाहरूले त्यसलाई कत्ति चिरफार गरेर देखाउन सकेका छन्? साहित्यिक बहसको अपेक्षा यस्तो समयभित्र गुटमुटिएको छ। तीभित्र कति उर्जाशील समालोचकहरू अवश्य नै छन्, जसले विश्वमा चलिरहेका कुराहरू यताका लेखनतिर खोज्छन्। आख्यानदेखि पराख्यान-मा समालोचक पेम्पा तामाङले एउटा ठूलो भरोसा रोपेका छन्। समसामयिक लेखनलाई बहसको रूप दिन सक्नेहरूको कमी दार्जीलिङे साहित्य टाक्सिनु(?)को कारण हो कि कतै? दार्जीलिङका सर्जकहरू तर नयॉं ज्ञानानुसाशनसित लेखनमा निरन्तर छन्। हाम्रा समालोचकहरू यति ज्ञानी छन्, यति सर्वज्ञानी छन्, कि उनीहरूले यतैको लेखनमा बहस गरिरहनुपर्ने क्षेत्र पाउँदैनन्। तैपनि मनप्रसाद सुब्बा र रेमिका थापाहरूको निरन्तरता र विचारको खुल्ला फाटकले केही सम्भावनाहरूको सङ्केत दिइरहेकै लाग्छ। चिनौं कि त्यो सङ्केतलाई?
Thursday, August 27, 2009
Monday, August 24, 2009
गहिरो
गहिरो
त्यो छिट्टै घर फर्किरहेको मनोज वोगटी
प्रेमकै उत्तेजनाले हो।
घरमा
निधारको रातो घामले
कोठै उज्यालो पारेको स्वर्गले तानेको दृश्य हो त्यो।
सबैथोक एकैसाथ बिर्सने समय जब आउँछ
उ ईश्वर बन्छ
त्यसैले बनाउँछ माटाको शरीर, आगो, पानी र सास...
अँ, सास हुरी बनेर लुक्छ कोठामा।
त्यही हुरीको आवेगले तानेको दृश्य हो त्यो।
स्वास्नीको सिउँदोलाई
कुनै व्यस्तताले छोप्दैन
कुनै हल्ले पखाल्दैन
त्यसकारण समयमा नै घर पुग्छ मनोज वोगटी।
पाठक
स्वास्नीमान्छे यस्तो गहिरो पोखरी हो
जसको सीमा हुँदैन।
त्यो छिट्टै घर फर्किरहेको मनोज वोगटी
प्रेमकै उत्तेजनाले हो।
घरमा
निधारको रातो घामले
कोठै उज्यालो पारेको स्वर्गले तानेको दृश्य हो त्यो।
सबैथोक एकैसाथ बिर्सने समय जब आउँछ
उ ईश्वर बन्छ
त्यसैले बनाउँछ माटाको शरीर, आगो, पानी र सास...
अँ, सास हुरी बनेर लुक्छ कोठामा।
त्यही हुरीको आवेगले तानेको दृश्य हो त्यो।
स्वास्नीको सिउँदोलाई
कुनै व्यस्तताले छोप्दैन
कुनै हल्ले पखाल्दैन
त्यसकारण समयमा नै घर पुग्छ मनोज वोगटी।
पाठक
स्वास्नीमान्छे यस्तो गहिरो पोखरी हो
जसको सीमा हुँदैन।
पानी
पानी
त्यो फुटेको खेतलाई
एक थोपा शीतको कुन अर्थ लाग्छ?
कस्तरी गिज्यॉंछ नी त्यो खड़ेरीले
नमोलेको दॉंत र गिजाहरू देखाएर
मरूभूमिलाई?
मरूभूमि जीवन हो।
त्यो जीवनको पानीले नभिजी
थाहा हुन्छ
मरूभूमिको तातो बलुवाको रङ्गीन वसन्त?
जीवनको गहिरो डुब्न नसक्ने पातलाई
पौरखीको सपना के हो?
समुद्रको विपना के हो?
भिज्न नजाने
मरूभूमि हो जीवन।
पानीको कथा के सुनाउँ म
खड़ेरीलाई।
त्यो फुटेको खेतलाई
एक थोपा शीतको कुन अर्थ लाग्छ?
कस्तरी गिज्यॉंछ नी त्यो खड़ेरीले
नमोलेको दॉंत र गिजाहरू देखाएर
मरूभूमिलाई?
मरूभूमि जीवन हो।
त्यो जीवनको पानीले नभिजी
थाहा हुन्छ
मरूभूमिको तातो बलुवाको रङ्गीन वसन्त?
जीवनको गहिरो डुब्न नसक्ने पातलाई
पौरखीको सपना के हो?
समुद्रको विपना के हो?
भिज्न नजाने
मरूभूमि हो जीवन।
पानीको कथा के सुनाउँ म
खड़ेरीलाई।
Saturday, May 16, 2009
गाउँको छाया
नगरसङ्किर्तनको हुल गयो
गाउँको अपठ्यारो बाटो
गरिमामय भयो
गाउँको विहान।
दिनभर हिड़्छ त्यहॉं
छिप्पट निरङ्कुशता।
शङ्काहरू लुक्दै हिड़्छ
डाहाहरूले रालझार्छ
क्रोधहरूले कुन्नी कसलाई सधैँ ढुक्छ त्यहॉं।
गाउँलेहरू दोधारमा छन्
कुन बाटो हिँड़्नु पर्ने हो
जीवनमा।
धुपको सुगन्ध हो कि गन्ध
त्यो बाटै-बाटो उड़िरहेको छ
अहिले।
गाउँको अपठ्यारो बाटो
गरिमामय भयो
गाउँको विहान।
दिनभर हिड़्छ त्यहॉं
छिप्पट निरङ्कुशता।
शङ्काहरू लुक्दै हिड़्छ
डाहाहरूले रालझार्छ
क्रोधहरूले कुन्नी कसलाई सधैँ ढुक्छ त्यहॉं।
गाउँलेहरू दोधारमा छन्
कुन बाटो हिँड़्नु पर्ने हो
जीवनमा।
धुपको सुगन्ध हो कि गन्ध
त्यो बाटै-बाटो उड़िरहेको छ
अहिले।
Saturday, April 25, 2009
Time

Lonliness
stands silently with both hands tied
resting towards the wall of Time.
An air filled with one’s own bad breath
of unemployement
drifts upon a bamboo chair.
of unemployement
drifts upon a bamboo chair.
Even the doors and windows
of closed rooms
(closed future)
hasn’t fllpped their wings.
of closed rooms
(closed future)
hasn’t fllpped their wings.
Dreams rises and bursts
in the stream of life.
in the stream of life.
With a stinking arm pit
realities are unwashed.
realities are unwashed.
Imagination have not brushed up their teeth
with a colgate.
with a colgate.
The dreamflower
arrayed in the vase of heart
droops in crisis of water.
Evry morning
a night of florishment
imperceptibly escapes.
a night of florishment
imperceptibly escapes.
The dirt of desires are piled up
on the shelf of chest.
on the shelf of chest.
At the corner of ceiting
cobwebs of poverty hangs on.
cobwebs of poverty hangs on.
Where every happiness flies
and gets entrapped.
and gets entrapped.
All wishes
are hidden
speachless
at the straps of bed।like a bedbug.
are hidden
speachless
at the straps of bed।like a bedbug.
The soul
of man
walks brough a forest
in search of life.
of man
walks brough a forest
in search of life.
Those hands
feel the pocket
and shivers
in a chilly cold of emptiness.
feel the pocket
and shivers
in a chilly cold of emptiness.
Thought
bites the brain
like asnake.
bites the brain
like asnake.
Ah!
only a barren sentimentality
survives
swallowing tablets of peotry.
(Translate by: BINOD PRADHAN)
only a barren sentimentality
survives
swallowing tablets of peotry.
(Translate by: BINOD PRADHAN)
शब्द
१.शब्दको पखेटा हुँदैन।
शब्दलाई उड्न पखेटा पनि पर्दैन।
शब्द उड़्छ तर
उड़ेर कता-कता पुग्छ।
शब्दलाई छुनेहरूले जीवनलाई छुन्छ।
शब्दलाई भेट्नेहरूले जीवनलाई भेट्छ।
शब्दको खुट्टा पनि हुँदैन।
शब्दलाई हिँड़्न खुट्टा पर्दैन।
शब्द हिँड़्छ तर
हिँड़ेरै नाघ्छ अर्थको हिमाल
पुग्छ त्यो अथाहको सुग्घर घरमा
त्यहीँ बसिरहँदैन।
शब्दसित त्यो एकान्तमा पुग्ने कविलाई
एकान्तको गहिरोले सिकाउँछ
अग्लो आस्था।
गहिरो आफैमा कति अग्लो हुन्छ
शब्दले नाप्छ त्यो।
शब्द लेख्न सकिन्न
लेख्ने कोशिष मात्र हुन्छन् वेदहरू।
२.शब्द जहॉं छ त्यहीँ छु म
शब्दभन्दा टाड़ा केही छैनन्
मदेखि टाड़ा धेरै छन्।
मलाई टाड़ा पुग्न शब्द चाहिन्छ
शब्दलाई टाड़ा पुग्न म पर्दैन।
नाङ्गो
उज्यालो नाङ्गै आउँछ
उज्यालोले आफूलाई ढाक्दैन।
उज्यालोको गाउँमा
रात पर्दैन।
ईश्वर झैं हुन्छ उज्यालो।
उज्यालोको पनि दुश्मन हुन्छ
त्यो दुश्मनको नराम्रो अनुहार देर्न सक्तैन उज्यालो।
दुश्मन उसको गाउँमा पसेको थाहा पाएपछि
ईश्वरजस्तो उज्यालो पनि भाग्छ
उज्यालोको घरमा त्यो दुश्मन ईश्वर भएर बस्छ।
अँध्यारो नाङ्गै आउँछ
अँध्यारोको कुनै आवरण हुँदैन।
........................
......................
सीमा
त्यो कोमल फूलमा बस्छ
नङ्ग्रा बोकेको भवँरो।
गौरी भाउजुले गाइरहेकी त्यो भद्दा गीतको
कम्मर भॉंचिएको जीउ
सधैँ
पग्लिएको आँखाको चेपबाट हेर्छ
रत्ने दाज्युको बैंश।
मान्छेको शरीर प्लास्टिककै त हो
जो आगोले खुम्चिन्छ।
आगोले के छोड्छ ढुङ्गालाई
हिँउ त कोमल हुन्छ
न सुन कठोर हुन्छ।
आगो?
आगो न कोमल हुन्छ न कठोर हुन्छ।
त्यो फूलमा लागेको आगो देख्छ भवँरा
गीतको झिल्काले ढड़्छ रत्ने दाजु।
जब पग्लनु पर्ने समय हुन्छ
त्यसलाई कुनै बॉंधले रोक्दैन।
१.शब्दको पखेटा हुँदैन।
शब्दलाई उड्न पखेटा पनि पर्दैन।
शब्द उड़्छ तर
उड़ेर कता-कता पुग्छ।
शब्दलाई छुनेहरूले जीवनलाई छुन्छ।
शब्दलाई भेट्नेहरूले जीवनलाई भेट्छ।
शब्दको खुट्टा पनि हुँदैन।
शब्दलाई हिँड़्न खुट्टा पर्दैन।
शब्द हिँड़्छ तर
हिँड़ेरै नाघ्छ अर्थको हिमाल
पुग्छ त्यो अथाहको सुग्घर घरमा
त्यहीँ बसिरहँदैन।
शब्दसित त्यो एकान्तमा पुग्ने कविलाई
एकान्तको गहिरोले सिकाउँछ
अग्लो आस्था।
गहिरो आफैमा कति अग्लो हुन्छ
शब्दले नाप्छ त्यो।
शब्द लेख्न सकिन्न
लेख्ने कोशिष मात्र हुन्छन् वेदहरू।
२.शब्द जहॉं छ त्यहीँ छु म
शब्दभन्दा टाड़ा केही छैनन्
मदेखि टाड़ा धेरै छन्।
मलाई टाड़ा पुग्न शब्द चाहिन्छ
शब्दलाई टाड़ा पुग्न म पर्दैन।
नाङ्गो
उज्यालो नाङ्गै आउँछ
उज्यालोले आफूलाई ढाक्दैन।
उज्यालोको गाउँमा
रात पर्दैन।
ईश्वर झैं हुन्छ उज्यालो।
उज्यालोको पनि दुश्मन हुन्छ
त्यो दुश्मनको नराम्रो अनुहार देर्न सक्तैन उज्यालो।
दुश्मन उसको गाउँमा पसेको थाहा पाएपछि
ईश्वरजस्तो उज्यालो पनि भाग्छ
उज्यालोको घरमा त्यो दुश्मन ईश्वर भएर बस्छ।
अँध्यारो नाङ्गै आउँछ
अँध्यारोको कुनै आवरण हुँदैन।
........................
......................
सीमा
त्यो कोमल फूलमा बस्छ
नङ्ग्रा बोकेको भवँरो।
गौरी भाउजुले गाइरहेकी त्यो भद्दा गीतको
कम्मर भॉंचिएको जीउ
सधैँ
पग्लिएको आँखाको चेपबाट हेर्छ
रत्ने दाज्युको बैंश।
मान्छेको शरीर प्लास्टिककै त हो
जो आगोले खुम्चिन्छ।
आगोले के छोड्छ ढुङ्गालाई
हिँउ त कोमल हुन्छ
न सुन कठोर हुन्छ।
आगो?
आगो न कोमल हुन्छ न कठोर हुन्छ।
त्यो फूलमा लागेको आगो देख्छ भवँरा
गीतको झिल्काले ढड़्छ रत्ने दाजु।
जब पग्लनु पर्ने समय हुन्छ
त्यसलाई कुनै बॉंधले रोक्दैन।
आँखाको गहिरो
आँखा शृङ्खला
दृष्टि
कवि विचन्द्र भन्छन्-कविता लेख्न ठूला-ठूला ग्रन्थहरूको आवश्यकता छैन। कविता आफै आउँछ। आएर, लेख्न लगाउँछ कविलाई। अरू पनि धेरै भन्छन् उनी। अब कविताको स्वादमा के के खोज्न थालिएको छ। कसैले पनि तर त्यो के के -लाई यस्तो भन्न सकेका भने छैनन्। दलगाउँबाट जब म कालेबुङ आएँ, मैले मनमा सोंचेको कालेबुङ पाइनँ कालेबुङमा। आफ्नो सिर्जनात्मकतालाई अघि बढ़ाउन केही मिल्दा साथीहरूसित केही गरौं भन्ने प्रयासहरू कालेबुङ आएर गरियो। कालेबुङमा जीविकोपार्जन अनि साहित्योपार्जन दुवैको भुइँ खन्नुपर्ने स्थिति मेरो थियो। उमेश उपमा अनि सूरज रोसूरीसित केही नौलो गरौं भन्ने मेरो ढिपीको कारण विचलन जन्मियो। विचलनमा विचार भन्दापनि मेरो सोंचसित विचलनका सम्पादकहरूको विचारले त्यो मैत्रिकता पक्रिन सकेन। विचलनले कविता लेख्न मलाई आडम्वरी बनाइरहेको धेर बोधको कारण म विचलनमा रहिनँ। विचार स्वतन्त्र छ। अनि सबैले सबैको विचार मान्नु पर्छ भन्ने पनि छैन। अहिले त्यही विचलन खेप्नेहरूबाट हामीले सूधीर, जय र उज्ज्वल जस्ता राम्रा कविहरू मौलिएका पाएका छौं।
कविता विचार मात्र पनि होइन। बुद्धि र मन दुवैको सहकार्यमा कविताकर्म हुन्छ। कविता कुनै पनि फ्रेमभित्र बस्दैन। फ्रेमभित्र हालेर कविताको उमेर तोक्ने गैरजिम्मेवार कवि हुन सक्तैन। हामीसित कविता लेखेरै उमेर पाक्नेहरू पनि छन्। उमेर नै नपाकी पाकेका कविता लेख्नेहरू पनि छन्। तर कविता नै लेख्नेहरू भने थोरै छन्। म कविता लेखौं भन्छु, आफू पनि कविता लेख्ने यसरी कोशिष गर्दै।
मलाई आँखा साह्रै मन पर्छ। आँखाबाट म ज्यादै प्रभावित छु। जब जुन कुरोबाट म प्रभावित हुन्छु, कविता आउँछ। आँखा नहुनु मेरो कविता हुने थिएन। आँखामा डुब्ने कोशिषहरू हुन् यी कविताहरू। आँखा र कविता एउटै जस्तो लाग्ने यो अतिवादी बोधदेखि कायल भएँ म। कवि मोहन ठकुरी, मनप्रसाद सुब्बा,श्रीमति सानुमति राई,केवलचन्द्र लामा,राजा पुनियानी,रेमिका थापाहरू यी कविताहरू लेख्न मेरा प्रेरक बनेका हुन् अनि हुन् उपासक पुस्तक पसलका दाज्यू सूर्य उपासक। कृषक कल्याण सङ्गठनमा आए पछि मलाई धेर सिर्जनात्म्क बनाएको छ। प्रिय दाज्यू विष्णु छेत्रीको आँखाबाट पनि मैले यी कविताहरू टिपेको छु। मेरी धर्मपत्नी भक्ति अनि छोरो आरोहण, जसको आँखाले मलाई सधैँ कविता लेख्ने आँखा देखाउँछ। उनीहरूले देखाएको आँखाले देखेका हुन् यी कविताहरू।
आँखाको फूल
तिम्रो आँखा फुलेको छ
मेरो गुलाबको बोटमा।
छुन सक्तिन म।
कति तिखा छन् तिम्रा परेलीहरू
तिम्रो आँखाको पहरामा।
तिम्रा परेलीहरूसित
आँखा छल्न सक्तिन म।
आँखाको गहिरो
तिम्रो आँखामा लतपतिएको त्यो यौनिक रङले तानेर
कतै लगिरहेछ
मेरो लुते मर्यादालाई।
मेरो मर्यादा
आफ्नो सबै भन्दा सम्वेदनशील अङ्गलाई
पातलो स्वाभिमानले छोपेर
ठिङ्ग उभ्छ
आगोको दैलोमा।
तिम्रो आँखाको आगो पटक्कै निभ्दैन।
कता-कताबाट पग्लिन्छ हिउँपुरुष
कुनै पोखरीमा जम्दैन।
पग्लिबस्नुको यो मीठो स्वाद
जीवनको मीठो कविता
एक्लै भोग्छु म।
अर्धनग्न नायिकाको यो तस्वीरको गहिरोमा
जति डुब्छ मेरो मर्यादा
उति बन्द हुन्छ
उसको आँखा।
आँखाको अँध्यारो-उज्यालो हुँदैन
आँखा छोप्दैमा अन्धा हुँदैन।
आँखा नहुँदा पनि देख्न सकिन्छ।
आँखा खोल्दैमासबै देखिन्न।
देख्न
आँखा पर्दैन।
फूल मन नपर्ने मान्छेले
आँखामा जति नै गाजल लगाएपनि
सुन्दर हुँदैन।
आँखा तबसम्म आँखा हुँदैन
जबसम्म उसले देख्न सक्तैन
उसले देख्न नसक्नु
आँखाको दोष होइन।
आँखाको निम्ति
उज्यालो पनि हुँदैन
अँध्यारो पनि हुँदैन।
निषेध
सपना देख्न
आँखा पर्दैन।
आँखाको फूलमा बस्न सक्तैन सपना।
सपनाको निम्ति
बलियो भुईं चाहिन्छ
उभ्न।
सपना देख्न सक्नेले मात्र
विपना देख्छ।
सपनाको आकार
विपनाको अनुहार जस्तो हुँदैन।
अन्धाहरू कस्ता सपना देख्छन् हँ
दार्जीलिङलाई सोध्नू।
आँखाले सपना देख्न
निषेध गरिनुपर्छ
दार्जीलिङमा।
अर्थ
आमाको आँखा
अँध्यारोको निम्ति हो।
आमाबाट सिकेको
जीवनको यो अर्थ
घाममा
टल्किएको छ अहिले।
नदेख्नु
म अन्धोको कल्पना देख्न सक्तिनँ
अन्धोको अनुहार नै हुँदैन।
दृष्टि नहुँदा
मेरो छायॉंको दृश्य कस्तो हुन्छ
दृष्टिहीनले के भन्लान्?
म दृष्टिहीनको कल्पना गर्न सक्तिनँ।
आँखा भएर नदेख्नु
आफैलाई नदेख्नु।
आफूलाई नदेख्नेहरूले गरेको संसारको व्याख्याय
वेदमा छ?
घाउहरू
आँखामा मात्र लिङ्गठिङ्ग बोकेर हिँड्छ जब
मेरा घाउहरू।
अन्धा जस्तो दुख्नुहरूको लामो दिन टॉंगिन्छ
समयको कालो ब्ल्याकबोर्डमा।
घाउका आँखा कस्ता हुन्छन् र
निभेका हुन्छन्
लाश जस्तो।
लाशमाथि
लिङ्गजस्तो ठिङ्ग उभिने आँखामा
को सुटुक्क पसेकाछन् कुन्नि
छट्पटाउन थालेको छ।
आँखा
यही आँखा हो
पाप र धर्म।
मैले नदेखेर कुल्चिएँ
आफैलाई कुल्चिएँ
कुल्चिएको थाहा पाएपछि मैले देखें
पाप
पूण्यको खोल ओढ़ेर सँगै बसेको
पाप नहुनु
धर्म हुनेथिएन।
संस्करण
बाबाको आँखा भन्दा गहिरो छैन
कुनै समुद्र।
बाबाको आँखामा
संसार डुब्छ।
बाबाको आँखा बन्द भएको दिन
मेरो आँखाबाट बिहान उघ्रनेछ।
मेरो आँखा पनि बाबाको आँखा हुनेछ।
दुरत्व
आँखाहरू एकै हुन्नन्।
आँखा एकै भएदेखि
म मरिरहेको देख्ने थिइन्।
म बिना
ऊ मरिरहेको म देखिरहेछु।
प्रेम भनेको
आँखाहरू एकै हुनु त हो।
प्रेम
मेरा आँखाहरूबाट
उड़ेर गएका दुइ अक्षरको निम्ति
पिञ्जड़ा बनाउन सकिनन् उनले।
एउटै भूईं टेकेर
हामीले हामी भेट्न सकेनौं।
मसितै छन् ती दुइ अक्षर
आँखामा।
-बाजेको वियोगी प्रेम पढ़िरहेछु
बाजेकै आँखामा।
पल
कति कोमल हुन्छन् आँखाहरू।
पग्लिन्छन्।
जब पग्लिनुले सीमा नाघ्छ
आँखै बगाउँछ।
आँखाको दृष्टि पखाल्छ।
हो
त्यतिबेला नै भत्किन्छ संसार।
आँखा छल्नेहरू
अँ
फुटेको आँखाले
सपना देख्छ कि देख्दैन हँ युङ?
...कविता पठन समाप्तिएको छैन...
मेरा आँखाहरू
सकेनन् फुटाउन।
आफैलाई नदेख्ने आँखा यो
अरूलाई देख्छ
अरूले कसरी फुटाउन सक्छन् त मेरो आँखा।
उनीहरू मेरो आँखासित आह्रिस गर्छन्
उनीहरूलाई नहेर्नु भन्छन् उनीहरू
उनीहरूलाई नदेख्नु भन्छन् उनीहरू
हेर्दा-हेर्दै
देख्दा-देख्दै
मेरो आँखा छल्नेहरू
आफ्नै आँखा छल्नेहरू
म मेरो आँखा छोप्न सक्तिनँ।
आँखा छोप्दैमा
दिन अँध्यारो हुँदैन
आँखा खोल्दैमा
रात उज्यालो हुँदैन।
मर्छु
तर आँखा छोप्दिनँ।
मरेपछि लाशको आँखा छोप्नेहरूले बुझुन्
लाशले आँखा देख्दैन।
...कविता जारी छ...
दुइ अक्षर
दुइ अक्षर
आँखाबाट सिक्छु म
प्रेम।
आँखा फुटे जस्तै हुन्छ
प्रेम नहुनु।
एउटा आँखा फुटे पनि अर्को आँखाले देखिन्छ संसार।
एउटा आँखा फुट्नुको वेदना तर
कहिल्यै फुट्दैन।
नफुट्ने पीड़ा
प्रेम नै त हो।
आँखाबाट सिकेको छु मैले
विछोड़ बॉंच्नु।
आँखाको हाइकु
छल्किन्छ आँखा
कोइलीको गीतले
बग्छ पहाड़।
खुला छ आँखा
अन्धो दार्जीलिङको
लुटिन्छ दृश्य।
अन्धो आँखामा
चश्मा भिर्छ पहाड़
र बेच्छ जीउ।
विचलन
केही देख्दैन
अर्जुन
भीड़मा।
हरियो साड़ी लाएकी द्रौपदी बाहेक
प्रेमको आँखाले।
कस्तो अचुक निशाना छ अर्जुनको ।
गाउँमा पञ्चायत बसेको छ।
नेपाल
बाहिर बारूदको हावा चल्दैछ।
हिंसा हो कि गिद्ध हो
बसेको छ
बुद्धको काखमा।
म कविताप्रेमको चरम असन्तुष्टिमा छु।
मेरो आँखाबाट खस्दैछ
पोखिएको रगत।
बिहानै मलाई हेरेर हॉंस्यो
सगरमाथा।
सगरमाथाको त्यो अतिथि सत्कार बोकेर फर्केको छु म
दार्जीलिङ।
किनारामा घाउ
हेरेर कहॉं देखिन्छ गाउँको घाउ?
गाउँको घाउ देख्न
पखालेको हुनुपर्छ
आँखा
आमाको दूधले।
जाऊ
धोएर आऊ
आँखाको पर्दा,अनि हेर्नू
कञ्चनजङ्घाको फेदमा झुण्डिएको
आमाको फाटेको चोलीबाटछर्लङ्ग देखिने इतिहास।
त्यसपछि गर्नु किनाराको कुरा।
बिस्वास
पहेंलो घाम छमेरो टाउकोमाथि।
छेउबाट नै गइरहेछ
अगमसिंह गिरीका कविताहरू
लेघ्रो तान्दै के
के के के।
म फ्यॉंक्रेको पातले छॉंउदैछु
घर।
अचम्म भो यसपालिको वर्खामा
मेरो आँखा भिजेन।
देशको मृत्यु
कसले चोर्यो
आँखाको देउता
बॉंदरहरूबाट?
बापूजी
जनतालाई बॉंच्न सिकाउन
बॉंदरको आँखा देखाउँथे।
मान्छेको आँखालाई हेर्न सिकाउने
बॉंदरको ईश्वर आँखा
कसरी चिने बापूजीले?
नहेर्नुहरूले खेदिबस्छ आँखालाई।
नदेख्नुहरूले छेलिबस्छ आँखालाई।
कति भाग्न सक्छ आँखा बापूको लौरो टेकेर?
बापूजी छैनन्। अहिले
बॉंदरको आँखाबाट पनि उड़ेर गयो
वाणीको चहकिलो रङ।
आँखाक्षर
उसका आँखाहरू
अक्षरहरू हुन्।
ती अक्षरहरू जब भुँइमा खस्छन्
मीठो कविता बज्छ
घरमा।
घर स्वर्ग बन्छ।
त्यो संसारको सबैभन्दा मीठो सङ्गीत
जसले थामेको छ जीवनको गह्रौं गरिमालाई।
ती अक्षरहरू
जब आँखामा जम्छ
मेरा दुःखहरूले मेरो साथ छोड़्छन्
मेरा सुखहरूले मेरो हात छोड्छन्।
जबयस्तो हुन्छ
ती अक्षरहरूले मलाई जीवन लेख्न अह्राउँछ।
म जीवन लेख्ने कोशिष गर्दा-गर्दै बित्छु।
मलाई थाहा छैन म बिते पछि घरमा त्यो सङ्गीत बज्छ कि बज्दैन।
खड़ेरीको अक्षर
भिज्न दिनू आँखालाई
आँखा भिज्दा
मन मलिलो हुन्छ।
जहॉं उम्रन्छ
हॉंस्ने आकांक्षा।
तिमीलाई थाहा छ
मनको आगो जब आँखाबाट निस्कन्छ
कसरी जल्छ मर्यादा
कसरी ढड्छ स्वर्ग।
भिज्न दिनू आँखालाई
आँखा भिज्दा नै जीवन भरिलो हुन्छ
जहॉं फुल्छबॉंच्ने भरोसा।
पीड़ाको कुनै आकार हुँदैन
तरै पनि मनको कत्रो पाखा ओगट्छ यसले
पीड़ा फुट्दा त्यही पाखामा पैह्रो जान्छ।
पैह्रो गएको पाखामा
खड़ेरी मात्र उम्रन्छ।
अहो!
आँखामा खड़ेरी लाग्नु कत्रो अनिकाल हुन्छ।
भिज्न दिनू आँखालाई।
दाउरीको कविता
दाउरीको खुलेको आँखामा छ
सपनाहरू ढड़ेको कालो दाग।
त्यसको कोमल ओंठ
फक्रेको छ
खड़ेरीमा पनि।
खड़ेरीमा फुल्ने त्यसको सपनालाई छुन सक्तैन
कुनै आतङ्कवादी मौसमले।
त्यसको तल्लो पेटमा चल्मलाउँछ
बलियो कविता।
दाउरीको
लुते छालाबाट आइरहेको त्यो गन्धले
कति मातेको छ समय
आह!
बगलीमा छुरी लुकाएर
दाउरीको जीवन च्यात्ने
घनश्याम नेपालहरू
कहिल्यै नपुगुन्
दाउरीको घर।
आँखा शृङ्खला
दृष्टि
कवि विचन्द्र भन्छन्-कविता लेख्न ठूला-ठूला ग्रन्थहरूको आवश्यकता छैन। कविता आफै आउँछ। आएर, लेख्न लगाउँछ कविलाई। अरू पनि धेरै भन्छन् उनी। अब कविताको स्वादमा के के खोज्न थालिएको छ। कसैले पनि तर त्यो के के -लाई यस्तो भन्न सकेका भने छैनन्। दलगाउँबाट जब म कालेबुङ आएँ, मैले मनमा सोंचेको कालेबुङ पाइनँ कालेबुङमा। आफ्नो सिर्जनात्मकतालाई अघि बढ़ाउन केही मिल्दा साथीहरूसित केही गरौं भन्ने प्रयासहरू कालेबुङ आएर गरियो। कालेबुङमा जीविकोपार्जन अनि साहित्योपार्जन दुवैको भुइँ खन्नुपर्ने स्थिति मेरो थियो। उमेश उपमा अनि सूरज रोसूरीसित केही नौलो गरौं भन्ने मेरो ढिपीको कारण विचलन जन्मियो। विचलनमा विचार भन्दापनि मेरो सोंचसित विचलनका सम्पादकहरूको विचारले त्यो मैत्रिकता पक्रिन सकेन। विचलनले कविता लेख्न मलाई आडम्वरी बनाइरहेको धेर बोधको कारण म विचलनमा रहिनँ। विचार स्वतन्त्र छ। अनि सबैले सबैको विचार मान्नु पर्छ भन्ने पनि छैन। अहिले त्यही विचलन खेप्नेहरूबाट हामीले सूधीर, जय र उज्ज्वल जस्ता राम्रा कविहरू मौलिएका पाएका छौं।
कविता विचार मात्र पनि होइन। बुद्धि र मन दुवैको सहकार्यमा कविताकर्म हुन्छ। कविता कुनै पनि फ्रेमभित्र बस्दैन। फ्रेमभित्र हालेर कविताको उमेर तोक्ने गैरजिम्मेवार कवि हुन सक्तैन। हामीसित कविता लेखेरै उमेर पाक्नेहरू पनि छन्। उमेर नै नपाकी पाकेका कविता लेख्नेहरू पनि छन्। तर कविता नै लेख्नेहरू भने थोरै छन्। म कविता लेखौं भन्छु, आफू पनि कविता लेख्ने यसरी कोशिष गर्दै।
मलाई आँखा साह्रै मन पर्छ। आँखाबाट म ज्यादै प्रभावित छु। जब जुन कुरोबाट म प्रभावित हुन्छु, कविता आउँछ। आँखा नहुनु मेरो कविता हुने थिएन। आँखामा डुब्ने कोशिषहरू हुन् यी कविताहरू। आँखा र कविता एउटै जस्तो लाग्ने यो अतिवादी बोधदेखि कायल भएँ म। कवि मोहन ठकुरी, मनप्रसाद सुब्बा,श्रीमति सानुमति राई,केवलचन्द्र लामा,राजा पुनियानी,रेमिका थापाहरू यी कविताहरू लेख्न मेरा प्रेरक बनेका हुन् अनि हुन् उपासक पुस्तक पसलका दाज्यू सूर्य उपासक। कृषक कल्याण सङ्गठनमा आए पछि मलाई धेर सिर्जनात्म्क बनाएको छ। प्रिय दाज्यू विष्णु छेत्रीको आँखाबाट पनि मैले यी कविताहरू टिपेको छु। मेरी धर्मपत्नी भक्ति अनि छोरो आरोहण, जसको आँखाले मलाई सधैँ कविता लेख्ने आँखा देखाउँछ। उनीहरूले देखाएको आँखाले देखेका हुन् यी कविताहरू।
आँखाको फूल
तिम्रो आँखा फुलेको छ
मेरो गुलाबको बोटमा।
छुन सक्तिन म।
कति तिखा छन् तिम्रा परेलीहरू
तिम्रो आँखाको पहरामा।
तिम्रा परेलीहरूसित
आँखा छल्न सक्तिन म।
आँखाको गहिरो
तिम्रो आँखामा लतपतिएको त्यो यौनिक रङले तानेर
कतै लगिरहेछ
मेरो लुते मर्यादालाई।
मेरो मर्यादा
आफ्नो सबै भन्दा सम्वेदनशील अङ्गलाई
पातलो स्वाभिमानले छोपेर
ठिङ्ग उभ्छ
आगोको दैलोमा।
तिम्रो आँखाको आगो पटक्कै निभ्दैन।
कता-कताबाट पग्लिन्छ हिउँपुरुष
कुनै पोखरीमा जम्दैन।
पग्लिबस्नुको यो मीठो स्वाद
जीवनको मीठो कविता
एक्लै भोग्छु म।
अर्धनग्न नायिकाको यो तस्वीरको गहिरोमा
जति डुब्छ मेरो मर्यादा
उति बन्द हुन्छ
उसको आँखा।
आँखाको अँध्यारो-उज्यालो हुँदैन
आँखा छोप्दैमा अन्धा हुँदैन।
आँखा नहुँदा पनि देख्न सकिन्छ।
आँखा खोल्दैमासबै देखिन्न।
देख्न
आँखा पर्दैन।
फूल मन नपर्ने मान्छेले
आँखामा जति नै गाजल लगाएपनि
सुन्दर हुँदैन।
आँखा तबसम्म आँखा हुँदैन
जबसम्म उसले देख्न सक्तैन
उसले देख्न नसक्नु
आँखाको दोष होइन।
आँखाको निम्ति
उज्यालो पनि हुँदैन
अँध्यारो पनि हुँदैन।
निषेध
सपना देख्न
आँखा पर्दैन।
आँखाको फूलमा बस्न सक्तैन सपना।
सपनाको निम्ति
बलियो भुईं चाहिन्छ
उभ्न।
सपना देख्न सक्नेले मात्र
विपना देख्छ।
सपनाको आकार
विपनाको अनुहार जस्तो हुँदैन।
अन्धाहरू कस्ता सपना देख्छन् हँ
दार्जीलिङलाई सोध्नू।
आँखाले सपना देख्न
निषेध गरिनुपर्छ
दार्जीलिङमा।
अर्थ
आमाको आँखा
अँध्यारोको निम्ति हो।
आमाबाट सिकेको
जीवनको यो अर्थ
घाममा
टल्किएको छ अहिले।
नदेख्नु
म अन्धोको कल्पना देख्न सक्तिनँ
अन्धोको अनुहार नै हुँदैन।
दृष्टि नहुँदा
मेरो छायॉंको दृश्य कस्तो हुन्छ
दृष्टिहीनले के भन्लान्?
म दृष्टिहीनको कल्पना गर्न सक्तिनँ।
आँखा भएर नदेख्नु
आफैलाई नदेख्नु।
आफूलाई नदेख्नेहरूले गरेको संसारको व्याख्याय
वेदमा छ?
घाउहरू
आँखामा मात्र लिङ्गठिङ्ग बोकेर हिँड्छ जब
मेरा घाउहरू।
अन्धा जस्तो दुख्नुहरूको लामो दिन टॉंगिन्छ
समयको कालो ब्ल्याकबोर्डमा।
घाउका आँखा कस्ता हुन्छन् र
निभेका हुन्छन्
लाश जस्तो।
लाशमाथि
लिङ्गजस्तो ठिङ्ग उभिने आँखामा
को सुटुक्क पसेकाछन् कुन्नि
छट्पटाउन थालेको छ।
आँखा
यही आँखा हो
पाप र धर्म।
मैले नदेखेर कुल्चिएँ
आफैलाई कुल्चिएँ
कुल्चिएको थाहा पाएपछि मैले देखें
पाप
पूण्यको खोल ओढ़ेर सँगै बसेको
पाप नहुनु
धर्म हुनेथिएन।
संस्करण
बाबाको आँखा भन्दा गहिरो छैन
कुनै समुद्र।
बाबाको आँखामा
संसार डुब्छ।
बाबाको आँखा बन्द भएको दिन
मेरो आँखाबाट बिहान उघ्रनेछ।
मेरो आँखा पनि बाबाको आँखा हुनेछ।
दुरत्व
आँखाहरू एकै हुन्नन्।
आँखा एकै भएदेखि
म मरिरहेको देख्ने थिइन्।
म बिना
ऊ मरिरहेको म देखिरहेछु।
प्रेम भनेको
आँखाहरू एकै हुनु त हो।
प्रेम
मेरा आँखाहरूबाट
उड़ेर गएका दुइ अक्षरको निम्ति
पिञ्जड़ा बनाउन सकिनन् उनले।
एउटै भूईं टेकेर
हामीले हामी भेट्न सकेनौं।
मसितै छन् ती दुइ अक्षर
आँखामा।
-बाजेको वियोगी प्रेम पढ़िरहेछु
बाजेकै आँखामा।
पल
कति कोमल हुन्छन् आँखाहरू।
पग्लिन्छन्।
जब पग्लिनुले सीमा नाघ्छ
आँखै बगाउँछ।
आँखाको दृष्टि पखाल्छ।
हो
त्यतिबेला नै भत्किन्छ संसार।
आँखा छल्नेहरू
अँ
फुटेको आँखाले
सपना देख्छ कि देख्दैन हँ युङ?
...कविता पठन समाप्तिएको छैन...
मेरा आँखाहरू
सकेनन् फुटाउन।
आफैलाई नदेख्ने आँखा यो
अरूलाई देख्छ
अरूले कसरी फुटाउन सक्छन् त मेरो आँखा।
उनीहरू मेरो आँखासित आह्रिस गर्छन्
उनीहरूलाई नहेर्नु भन्छन् उनीहरू
उनीहरूलाई नदेख्नु भन्छन् उनीहरू
हेर्दा-हेर्दै
देख्दा-देख्दै
मेरो आँखा छल्नेहरू
आफ्नै आँखा छल्नेहरू
म मेरो आँखा छोप्न सक्तिनँ।
आँखा छोप्दैमा
दिन अँध्यारो हुँदैन
आँखा खोल्दैमा
रात उज्यालो हुँदैन।
मर्छु
तर आँखा छोप्दिनँ।
मरेपछि लाशको आँखा छोप्नेहरूले बुझुन्
लाशले आँखा देख्दैन।
...कविता जारी छ...
दुइ अक्षर
दुइ अक्षर
आँखाबाट सिक्छु म
प्रेम।
आँखा फुटे जस्तै हुन्छ
प्रेम नहुनु।
एउटा आँखा फुटे पनि अर्को आँखाले देखिन्छ संसार।
एउटा आँखा फुट्नुको वेदना तर
कहिल्यै फुट्दैन।
नफुट्ने पीड़ा
प्रेम नै त हो।
आँखाबाट सिकेको छु मैले
विछोड़ बॉंच्नु।
आँखाको हाइकु
छल्किन्छ आँखा
कोइलीको गीतले
बग्छ पहाड़।
खुला छ आँखा
अन्धो दार्जीलिङको
लुटिन्छ दृश्य।
अन्धो आँखामा
चश्मा भिर्छ पहाड़
र बेच्छ जीउ।
विचलन
केही देख्दैन
अर्जुन
भीड़मा।
हरियो साड़ी लाएकी द्रौपदी बाहेक
प्रेमको आँखाले।
कस्तो अचुक निशाना छ अर्जुनको ।
गाउँमा पञ्चायत बसेको छ।
नेपाल
बाहिर बारूदको हावा चल्दैछ।
हिंसा हो कि गिद्ध हो
बसेको छ
बुद्धको काखमा।
म कविताप्रेमको चरम असन्तुष्टिमा छु।
मेरो आँखाबाट खस्दैछ
पोखिएको रगत।
बिहानै मलाई हेरेर हॉंस्यो
सगरमाथा।
सगरमाथाको त्यो अतिथि सत्कार बोकेर फर्केको छु म
दार्जीलिङ।
किनारामा घाउ
हेरेर कहॉं देखिन्छ गाउँको घाउ?
गाउँको घाउ देख्न
पखालेको हुनुपर्छ
आँखा
आमाको दूधले।
जाऊ
धोएर आऊ
आँखाको पर्दा,अनि हेर्नू
कञ्चनजङ्घाको फेदमा झुण्डिएको
आमाको फाटेको चोलीबाटछर्लङ्ग देखिने इतिहास।
त्यसपछि गर्नु किनाराको कुरा।
बिस्वास
पहेंलो घाम छमेरो टाउकोमाथि।
छेउबाट नै गइरहेछ
अगमसिंह गिरीका कविताहरू
लेघ्रो तान्दै के
के के के।
म फ्यॉंक्रेको पातले छॉंउदैछु
घर।
अचम्म भो यसपालिको वर्खामा
मेरो आँखा भिजेन।
देशको मृत्यु
कसले चोर्यो
आँखाको देउता
बॉंदरहरूबाट?
बापूजी
जनतालाई बॉंच्न सिकाउन
बॉंदरको आँखा देखाउँथे।
मान्छेको आँखालाई हेर्न सिकाउने
बॉंदरको ईश्वर आँखा
कसरी चिने बापूजीले?
नहेर्नुहरूले खेदिबस्छ आँखालाई।
नदेख्नुहरूले छेलिबस्छ आँखालाई।
कति भाग्न सक्छ आँखा बापूको लौरो टेकेर?
बापूजी छैनन्। अहिले
बॉंदरको आँखाबाट पनि उड़ेर गयो
वाणीको चहकिलो रङ।
आँखाक्षर
उसका आँखाहरू
अक्षरहरू हुन्।
ती अक्षरहरू जब भुँइमा खस्छन्
मीठो कविता बज्छ
घरमा।
घर स्वर्ग बन्छ।
त्यो संसारको सबैभन्दा मीठो सङ्गीत
जसले थामेको छ जीवनको गह्रौं गरिमालाई।
ती अक्षरहरू
जब आँखामा जम्छ
मेरा दुःखहरूले मेरो साथ छोड़्छन्
मेरा सुखहरूले मेरो हात छोड्छन्।
जबयस्तो हुन्छ
ती अक्षरहरूले मलाई जीवन लेख्न अह्राउँछ।
म जीवन लेख्ने कोशिष गर्दा-गर्दै बित्छु।
मलाई थाहा छैन म बिते पछि घरमा त्यो सङ्गीत बज्छ कि बज्दैन।
खड़ेरीको अक्षर
भिज्न दिनू आँखालाई
आँखा भिज्दा
मन मलिलो हुन्छ।
जहॉं उम्रन्छ
हॉंस्ने आकांक्षा।
तिमीलाई थाहा छ
मनको आगो जब आँखाबाट निस्कन्छ
कसरी जल्छ मर्यादा
कसरी ढड्छ स्वर्ग।
भिज्न दिनू आँखालाई
आँखा भिज्दा नै जीवन भरिलो हुन्छ
जहॉं फुल्छबॉंच्ने भरोसा।
पीड़ाको कुनै आकार हुँदैन
तरै पनि मनको कत्रो पाखा ओगट्छ यसले
पीड़ा फुट्दा त्यही पाखामा पैह्रो जान्छ।
पैह्रो गएको पाखामा
खड़ेरी मात्र उम्रन्छ।
अहो!
आँखामा खड़ेरी लाग्नु कत्रो अनिकाल हुन्छ।
भिज्न दिनू आँखालाई।
दाउरीको कविता
दाउरीको खुलेको आँखामा छ
सपनाहरू ढड़ेको कालो दाग।
त्यसको कोमल ओंठ
फक्रेको छ
खड़ेरीमा पनि।
खड़ेरीमा फुल्ने त्यसको सपनालाई छुन सक्तैन
कुनै आतङ्कवादी मौसमले।
त्यसको तल्लो पेटमा चल्मलाउँछ
बलियो कविता।
दाउरीको
लुते छालाबाट आइरहेको त्यो गन्धले
कति मातेको छ समय
आह!
बगलीमा छुरी लुकाएर
दाउरीको जीवन च्यात्ने
घनश्याम नेपालहरू
कहिल्यै नपुगुन्
दाउरीको घर।
Subscribe to:
Posts (Atom)
