स्वर सङ्गीत-सुरेश कुमार
एल्बम-दुःख सुख
दुःख शुख जिन्दगीमा सिक्काको दुइपाटो
आखिर मान्छे हिँड़्नलाई एउटै हुन्छ बाटो
जिन्दगीको बाटोमा हिँड्ने धेरै हुन्छन्
कोही कोही थाकेपनि कोही अझै बढ्छन्
जिन्दगीको यात्रामा कोही कोही हॉंस्छन्
त्यै यात्रामा धुरू धुरू रुने पनि हुन्छन्
हॉंस्नु रुनु जिन्दगीमा सिक्काको दुइपाटो
आखिर मान्छे मरेपछि हुने पर्छ माटो।
जिन्दगीको शिखरमा चढ्ने धेरै हुन्छन्
कोही कोही झरेपनि कोही उभै चढ्छन्
जिन्दगीको खेलमा कोही कोही जित्छन्
त्यैखेलमा जिन्दगी नै हार्ने पनि हुन्छन्
हार जित जिन्दगीमा सिक्काको दुइपाटो
संसारमा कसको छैन भित्रिमनमा गॉंठो।
सङ्गीत-प्रसाद रनपहेंली
स्वर-अनुपमा प्रधान
एल्बम-सृजना
चाहनालाई गॉंवैमा छोड़ी आएँ
तस्वीर तिम्रो मनैमा बोकी आएँ
हॉंसू-हॉंसू लागेकोथ्यो तिमी हॉंस्दाखेरी
बॉंचू-बॉंचू लागेकोथ्यो तिमी भेट्दाखेरी
सपानालाई गॉंवैमा छोड़ी आएँ
कल्पनाको महल त्यो तोड़ी आएँ।
रोउँ-रोउँ लागेकोथ्यो तिमी रुँदाखेरी
छोउँ-छोउँ लागेकोथ्यो सामु हुँदाखेरी
भावनालाई गॉंवैमा छोड़ी आएँ
छातीभरि चोटहरू बोकी आएँ।
1.लुकाउँदा नी कति पीर नलुक्ने हुँदोरैछ
लाग्दा नी कति तीर नदुख्ने हुँदोरैछ।
कति कति कथाहरू ओझल ओझल बनिदिन्छन्
त्यही कथा कतिलाई नै मिठा गजल बनिदिन्छन्।
नबोले नी कति कुरा थाहापाइने हुँदोरैछ
नहाने नी कति छुरा घाउपार्ने हुँदोरैछ।
जिन्दगीको परिभाषा कसले पो भन्न सक्छन्
हुन पनि कसले पो घाउहरू गन्न सक्छन्
नदेखे नी कति व्यथा मनपोल्ने हुँदोरैछ
नलेखे नी कति कथा तनैगल्ने हुँदोरैछ।
2.सपना टुटेको जिन्दगीमा
विपनीको के अर्थ
आशु नै सुकेको आँखामा
रुवाईको के अर्थ
माया फुल्ने बसन्त नै मरूभूमि बनेपछि
सर्न नपाइ मनको जरा सबै-सबै डड़ेपछि
प्राणै चुँड्न चलिबस्ने
बतासको के अर्थ
साथ दिने हात नै पराईको भएपछि
मैले चुम्ने सिउँदोमा सिन्दुरले छेकेपछि
सधैँ-सधैँ बल्झिबस्ने
पीड़ाको के अर्थ
3.परेलीमा अल्झिएको थोपा जस्तोे माया
सझैँ त्यहॉं टल्किएको होला कस्को माया
झुकेको नजरमा सपना कसको,
आँखामा बस्ने त्यो मन कसको
औंली थाप्न पाए परेलीको थोपालाई
बुझिन्थ्यो कि आहै लुकेको कथालाई
बन्दत्यो मुटुमा त्यो नाम कसको
लजालु गालामा त्यो डाम कस्को
कान थाप्न पाए धड्केको मुटुलाई
सुनिन्थ्यो कि आहै प्रेमको धुनलाई
4. सॉंचो पनि झुट भयो मैले बोल्दाखेरी
आखिर के गल्ती भयो मन खोल्दाखेरी
जति दुख्छ तिम्लाई त्यति नै त दुख्छ मलाई
फेरि किन हॉंस्छौ तिमी मैले रुँदाखेरी
कति लड्दै उठें उठें, कति उठ्दै लड़ें म
कति मर्दै बॉंचें बॉंचे कति बॉंच्दै मरे म
अझ किन मार्न खोज्छौ मेले बॉंच्दाखेरी
आखिर के गल्ती भयो मन खोल्दाखेरी
जहॉं जहॉं टेकें मैले त्यहीँ कॉंड़ा राख्यौ
जति जति छेउ आएँ त्यती टाड़ा भाग्यौ
अझ किन आह्रिस गर्छौ मैले हिँड्दाखेरी
आखिर के गल्ती भयो मन खोल्दाखेरी
5.हेर्दा हेर्दै घाम डुब्यो सॉंझ बत्ति जल्यो कि
पातलो उज्यालोमा उसको मुहार खुल्यो कि
जुन छोप्दै कालो बादल आकासमा उड्दैछ
के ठेगान यत्तिखेर उसको मन डड्यो कि
छिटा-छिटा थोपाहरू ऐनाबाट खस्दैछ
लामोलामो परेली पो यादले भिज्यो कि
सरसराउँदो बतासले ढोका खट्खटाउँदा
बत्तीसितै आशाहरू सबै झ्याप्प निभ्यो कि
6.माया दिन सकिनौ भने घृणा नै देउ मलाई
तड्पिरहेको जिन्दगीमा तड़्पिरहनै देउ मलाई
मनको माया मनैभित्र लुकाइदिन पर्छ भने
आँखाभरि सजाएर भत्काइदिन पर्छ भने
सपनाको दुनियॉंमै बॉंचिरहन देउ मलाई
तड्पिरहेको जिन्दगीमा तड़्पिरहनै देउ मलाई
एक्लाएक्लै जिन्दगीमा बॉंचिदिन पर्छ भने
भित्रमरी बाहिर चाहीँ हॉंसिदिन पर्छ भने
जिउँदोलाश बनेर नै बॉंचिरहन देउ मलाई
तड्पिरहेको जिन्दगीमा तड़्पिरहनै देउ मलाई।
7. गोधुली रात विरही पाखा
कोइलीले गायो मायालु भाका
सुन्दिने कोइछैन
बरी सुन्दिने कोइछैन।
मायाको याद बल्झियो आज
भक्कानो फुट्यो रसियो आँखा
पुछि्दने कोइ छैन
बरी, पुछि्दने कोइ छैन।
देउराली डॉंड़ा कुइरोले छोप्छन्
बनमा जले सबैले देख्छन्
मनजले देख्दैनन्
बरी मनजले देख्दैनन्
7.ओंठले नबोले पनि आँखाले बोल
त्यसो गर्न सकिनौ भने इशाराले बोल।
थुनि नराख चहानाको चरी त्यो
हृदयको बन्द कोठा आफ्नै हातले खोल
झुकाइ नबस लजालु आँखा त्यो
संकोच नमानी अब घुम्टो त्यो खोल
लुकाइ नराख मनको भाव त्यो
बन्दी त्यो मन अब मेरैसामु खोल
8.त्यो जोड़ी आँखाले कुन्नि कता छुन्छ
विस्तारै दुख्दै आउने मनमा व्यथा हुन्छ।
वर्णन गर्ने हरफहरू ओंठमा नै बिलाइजान्छ
फेरि पनि पीढ़ाले मीठा-मीचा कथा बुन्छ।
कति मीठो पीढ़ा हुन्छ आँखाको तीरको
कैले मन उता हुन्छ कैले फेरि यता हुन्छ
न त यो प्रेम हो न त कुनै छल नै
छक्क पर्छु हेराइको कुन्नि कस्तो नाता हुन्छ।
9. दुख्न जाने मात्र घाउ घाउ हुन्छ
नदुख्नेलाई हृदयको के कुरा
रुन जाने मात्र आँशु आँशु हुन्छ
नरुनेलाई पीड़ाको के कुरा।
मनभित्र देउता हुन्छ या त ढुङ्गा
छुनुपर्छ चट्टान हुन्छ या त थुङ्गा
बुझ्न सके मात्र मन मन हुन्छ
निष्ठुरीलाई मायाको के कुरा।
मनभित्र आगो हुन्छ या त पानी
हुनुपर्छ कि दुवै बन्न जिन्दगानी
जिउनजाने मात्र जीवन जीवन हुन्छ
वैरागीलाई मृत्युको के कुरा।
10. आँखाको गहिराई नाप्न सकिएन
कैले डुबेछ मन सम्हाल्न सकिएन
कैलेसम्म आँखाको नानी भइबसें
कैलेसम्म मायाको पानीभइ छल्कें
त्यो मनको उचाइ नाघ्न सकिएन
कैलेकैले बिझाएछु थाहै पाइएन
कोपस्यो आँखामा दोछॉंया कसको
पानीको थोपाझैं त्योमाया कसको
त्योरूपको मोहनी पढ्नै सकिएन
भएँ कैले पराई म चालै पाइएन
11.कैले तिम्रो आँखैबाट झरें म
कैले तिम्रो भाकैबाट झरें म
झर्नुसम्म झरें म त यहॉंसम्म झरें
कैले तिम्रो मायैबाट झरें म।
हातमा हातराखि देखिएको सपनाथ्यो
भत्किएर मनै पुर्ने निष्ठुरी विपना भो
झर्नुसम्म झरें म त यहॉंसम्म झरें
कैले तिम्रो जोबनबाटै झरें म।
लेखिएका प्रेमअक्षर तीर बनेपछि
आँखाका ती डीलहरू भीर बनेपछि
झर्नुसम्म झरें म त यहॉंसम्म झरें
कैले तिम्रो यादैबाट झरें म।
12.माफ गर सानु तिम्रो यादमा पिएँ आज
धेरै दिन मरिदिएँ केहीक्षण जिएँ आज
कति सुन्दर अक्षर तिम्रा बिछोड़पत्रभरि पनि
हरअक्षरलाई ओंठले छोइ यो मन सिएँ आज
किन हरेक थोपा रक्सी एउटाएउटा याद बन्छ
तिमीलाई भुल्ने कोशिश सायद हार्दैथिएँ आज
तिम्रै ओंठले चुटेका ती निलानिला माया तिम्रा
आधा गिलास आधाभुँइमा पोखिदिएँ आज
परेलीले मनको बॉंध थाम्न गाह्रो लाग्दालाग्दै
भक्कानोलाई गीतमा गाल्न मात पैंचोलिएँ आज।
Please Stay for an Hour.
-
When your breathe enters into my lungs
its like a January.
My house
becomes like the size of your eyeballs,
my room
becomes a galaxy of your scent,
your ...
11 years ago